Breaking News.... EverestOnlineKhabar
June 25, 2026

अफगानिस्तानमा एक टेलिभिजन स्टेशनमा बम आक्रमण, थुप्रै पत्रकार मारिएको आशंका

Loading

बिबिसि । अफगानिस्तानको काबुलस्थित स्थानीय टेलिभिजन स्टेशनमा अज्ञात समूहले ‘ग्रिनेड बम’ प्रहार गर्नुका साथै अन्धाधुन्ध गोली प्रहार गर्दा टेलिभिजनका थुप्रै पत्रकार मारिएको आशंका गरिएको छ ।

आक्रमणकारीहरुले स्थानीय ‘शमशाद’ टेलिभिजन स्टेशन कब्जामा लिएर ‘ग्रिनेड बम’ प्रहार गर्दै अन्धाधुन्ध गोली चलाएका थिए ।
सुरक्षाकर्मीले गरेको प्रतिकारमा एक जना आक्रमणकारी मारिएको अफगानी अधिकारीहरुले जनाएका छन् ।

उक्त हमलाबाट भागेर भवनबाहिर निस्कन सफल एकजना पत्रकारले टेलिभिजन स्टेशनभित्र बंदुकधारी रहेको र उनीहरुले आफ्नो कैयौं सहकर्मी मारिदिएको र कैयौं घाइते अवस्थामा रहेको बताएका छन् ।

‘शमशाद’ टेलिभिजनको मुख्यालय रहेको सो स्टेशनमा सय भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् । शमशाद टेलिभिजन अफगानिस्तानको प्रख्यात टेलिभिजन च्यानल हो । सन् २००६ मा प्रशारण सुरु गरेको सो च्यानलले २४ सै घन्टा समाचार र मनोरन्जनात्मक सामग्रीहरु प्रसारण गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed