Breaking News.... EverestOnlineKhabar
June 25, 2026

पाँच प्रकारका निःशुल्क औषधी हटाइयो, सट्टामा अरु ल्याइने

Loading

काठमाडौं । नेपाल सरकार प्राथमिक स्वास्थ्य पुनर्जागरण महाशाखाले यो आर्थिक वर्षदेखि निःशुल्क वितरण गर्दै आइरहेका पाँच प्रकारका औषधि हटाएको छ ।

महाशाखाले क्लोरोफेनरामिन ४ एमजी ट्याब्लेट, सल्फामथोक्सजोल, ट्रिमथ्रोन १२० डी.टी. ट्याबलेट, भिटामिन बी कम्प्लेक्स क्याप्सुल, एल्युमिनियम हाइड्रोक्साइड म्याग हाइड्रोक्साइड ट्याब्लेट र बामाबेनेज हेक्सा क्लोराइड यो वर्षबाट हटाएको हो ।

हटाइएकामध्ये चार प्रकारका औषधिको सट्टामा काम गर्ने अरू औषधि ल्याउन टेन्डर गरिएको महाशाखाले जनाएको छ । भिटामिन बी कम्प्लेक्सको काम अरू नै भिटामिनहरूले गर्ने हुँदा यसका लागि ा टेन्डर नभरेको जनाइएको छ ।

क्लोरोफेनरामिनको सट्टामा सेन्ट्रिजिन, सल्फामथोक्सजोल, ट्रिमथ्रोन १२०, डी.टी ट्याबलेटको सट्टामा एमोक्सिलिनलाई राखिएको छ । यस्तै एल्युमिनियम हाइड्रोक्साइड, म्याग हाइड्रोक्साइड ट्याबलेटको सट्टामा रेनिटिडिन ल्याउने भएको छ ।

यी चार प्रकारका नयाँ औषधिका नामसँगै २६ प्रकारको निःशुल्क वितरण गरिने औषधिको पनि टेन्डर गरिएको छ । निःशुल्क वितरण गरिने ७० प्रकारको औषधिमा महाशाखाले ३७ अन्य ३३ प्रकारका औषधि स्थानीय निकाय र अस्पताललाई खरिदको जिम्मा दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed