![]()
बिबिसि । एशिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जापानपछि दक्षिण कोरिया पुगेका छन । टोकियोबाट सिधै दक्षिण कोरिया लागेका ट्रम्पले दक्षिण कोरियाका राष्ट्रपति, अमेरिकी सेना लगायत स्थानीय राजनीतिज्ञहरुसंग भेटघाट गरेका छन ।
दक्षिण कोरियामा उनले २४ घण्टा मात्रै बिताउने बिबिसिले जनाएको छ । ट्रम्पको दक्षिण कोरिया बसाइ एसिया भ्रमणकै सबैभन्दा बढी सांकेतिक महत्वको हुने बिश्लेषण गरिएको छ।
उनले दक्षिण कोरियाली राष्ट्रपति मुन जेइन र आफू उत्तर कोरियाको पारमाणविक खतरासँग जुध्ने उपायबारे मिलेर काम गर्ने बताएका थिए । ट्रम्पको भ्रमणको विरोधमा र स्वागतमा सोल तथा अरु ठाउँमा र्यालीहरु निकालिएका छन्।


