Breaking News.... EverestOnlineKhabar
June 25, 2026

एशियाकप क्रिकेट खेल्न नेपाली यू १९ टोली मलेशिया प्रस्थान

Loading

काठमाडौं । एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा भाग लिन नेपाली यु–१९ क्रिकेट टोली मलेसिया प्रस्थान गरेको छ । आगामी शनिबारबाट सुरु हुने एसिया कपको लागि दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको टोली त्यसतर्फ प्रस्थान गरेको हो । टोलीमा १५ सदस्य रहेका छन ।

प्रतियोगिताको तयारीका लागि नेपाली टोलीले बंगलादेशमा एकसाता अभ्यास गरेको थियो । यसका लागि नेपालले बंगलादेशको यु–१९ टोलीसँग ३ अभ्यास खेल खेलेको थियो । नेपालले अन्तिम अभ्यास खेलमा बंगलादेशको यु–१९ क्रिकेट टोलीलाई ६ विकेटले पराजित गरेको थियो । त्यसअघि नेपाल पहिलो अभ्यास खेलमा बंगलादेशसँग ३ विकेट र दोस्रो अभ्यास खेलमा १२३ रनले पराजित भएको थियो ।

प्रतियोगितामा नेपाल कठिन मानिएको समूह समूह ‘ए’ मा परेको छ । नेपाल ३ पटकको च्याम्पियन तथा टेष्ट राष्ट्र भारत रहेको समूहमा रहेको छ । समूह ‘ए’मा नेपालसँगै भारत, बंगलादेश र आयोजक मलेसिया रहेको छ । त्यस्तै समूह बी मा श्रीलंका, अफगानिस्तान र पाकिस्तान रहेको छ । समूह बी को एक टोली तय भएको छैन ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले बंगलादेशको सामना गर्नेछ । नेपाल र बंगलादेशबीचको खेल कात्तिक २५ गते शनिबार हुनेछ । त्यस्तै दोस्रो खेलमा नेपालले भारतसँग कात्तिक २६ र अन्तिम खेलमा मलेसियासँग कात्तिक २८ मा खेल्नेछ । समूहको विजेता र उपविजेताले सेमिफाइनलमा स्थान बनाउनेछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed