Breaking News.... EverestOnlineKhabar
June 25, 2026

कम्युनिष्ट गठवन्धनको घोषणापत्र सार्वजनिक, कांग्रेसले बिदेशी हस्तक्षेप निम्त्याएको आरोप

Loading

काठमाडौं । एमाले र माओवादी केन्द्र नेतृत्वको कम्युनिष्ट गठबन्धनले प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंको तिनकुनेस्थित एक पार्टी प्यालेसमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन ।

कम्युनिष्ट घोषणापत्रमा कांग्रेस सत्तामा रहँदा कैयौंपटक विदेशी हस्तक्षेपलाई निम्त्याएको आरोप लगाएको छ । घोषणापत्रमा भनिएको छ,–“सत्तामा रहँदा यसले कैयौंपटक विदेशी हस्तक्षेपलाई निम्त्याएको छ, विदेशीका सामु आत्मसमर्पण गरेको छ र कैयौंपटक जनविरोधी काम पनि गरेको छ । बहुमत प्राप्त गरेको समयमा स्थीर सरकार दिन नसक्ने र प्रतिगमनलाई बढावा दिने कांग्रेसले निजीकरणका नाममा राष्ट्रिय उद्योगधन्दा र सार्वजनिक संस्थानहरू समाप्त पारेको छ ।”

यस्तै राजनीतिक ध्रवीकरणका विषयमा घोषणापत्रमा भनिएको छ, “एउटा प्रवृत्तिले नेपालको राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षपोषण गर्छ, नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई सम्पदाका रूपमा ग्रहण गर्दछ । सार्वभौमसत्ता, राष्ट्रिय एकता, लोकतन्त्र, सामाजिक सद्भाव, राष्ट्रिय हित, आत्मसम्मान, सुशासन, समृद्धि, न्याय र समानतालाई मुख्य आधार मानेर राजनीति सञ्चालन गर्न चाहन्छ । स्वतन्त्रतापूर्वक आफ्ना विदेश नीति तर्जुमा गर्ने र सन्तुलित बाह्य सम्बन्ध कायम गर्नुपर्छ भन्ने धारणा राख्छ । यस प्रवृत्तिको नेतृत्व नेकपा (माओवादी केन्द्र) सहित नेकपा (एमाले) ले गरिरहेको छ ।”

“अर्को प्रवृत्तिले अग्रगमनको यात्रालाई रोक्ने गरी दक्षिणपन्थी र यथास्थितिवादी शक्तिहरूलाई आप्mनो वरिपरि गोलबन्द गर्ने प्रयास गरिरहेको छ । यसले राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, राष्ट्रिय हित र स्वाभिमान कुण्ठित हुने गरी बाह्य शक्ति केन्द्रहरुको सल्लाह, परामर्श र आदेशलाई शिरोधार्य गर्नुपर्ने मान्यता राख्छ,” घोषणापत्रमा भनिएको छ, “यस प्रवृत्तिले आपूmबाहेक अरु सबैलाई ‘अतिवादी’ र लोकतन्त्र विरोधी देख्छ र आपूm सत्तामा रहँदा सधैं अतिवादलाई प्रश्रय दिने र अलोकतान्त्रिक कार्यमा निर्लिप्त हुने गरेको छ । यसले कानुनी राज्यको उपहास गर्ने, पृथकतावाद र साम्प्रदायिकतालाई प्रश्रय दिने, आस्थाको आधारमा वैमनस्यता फैलाउने, निजी स्वार्थमा राष्ट्रिय सम्पत्तिको चरम दुरुपयोग गर्ने, भ्रष्टाचार तथा विकृति र विसंगतिलाई पक्षपोषण गरिरहेको छ । ”

‘विशेष सम्बन्ध’ को नाममा छिमेकी देशहरूसँगको सम्बन्धलाई असन्तुलित बनाउँदै राष्ट्रियता, स्वाभिमान र राष्ट्रहित विपरीत कार्य कांग्रेस गठवन्धनले गर्दै आएको घोषणपत्रमा उल्लेख छ । कांग्रेसप्रति निकै आक्रामक हुँदै घोषणापत्रमा भनिएको छ, ‘यसको मुख्य नीति सामन्ती निरंकुशतन्त्र र वैदेशिक एकाधिकार पुँजीवादसँग सम्झौता परस्त र आत्मसमर्पणवादी रहँदै आएको छ । यस पार्टीका नीतिहरू अहिले मूलतः दलाल तथा विदेशी एकाधिकार पुँजीवादको हित साधनामा केन्द्रीत छन् । यस पार्टीको मूल चरित्र कम्युनिस्टविरोधी, श्रमजीवी जनताविरोधी र लोकतन्त्रलाई निहित स्वार्थअनुरूप परिभाषित गर्ने खालको छ । सत्तामा रहँदा यसले कैयौंपटक विदेशी हस्तक्षेपलाई निम्त्याएको छ, विदेशीका सामु आत्मसमर्पण गरेको छ र कैयौंपटक जनविरोधी काम पनि गरेको छ । ’

घोषणापत्रमा केही साना कम्युनिस्ट समूहहरू जडसूत्रीय, संकीर्णतावादी, आत्मकेन्द्रित र गुटवादी प्रवृत्तिका भएको उल्लेख गरिएको छ ।
नेपालमा पाँच बर्ष भित्र गरीबि उन्मूलन गर्ने र नेपालीको आय बार्षिक पाँच लाख रुपैयाँ पु¥याउने लक्ष्य राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed