Breaking News.... EverestOnlineKhabar
June 25, 2026

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पूर्वस्वकीय सचिवसहित दर्जन कार्यकर्ता कांग्रेसमा प्रवेश

Loading

डडेल्धुरा,२१ कार्तिक ।
डडेलधुराका एक दर्जन माओवादीका प्रभावशाली नेताहरु कांग्रेस प्रवेश गरेका छन्। सोमबार प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडा अध्यक्ष चेतराज भट्टलगायत दर्जन माओवादी केन्द्रका विभिन्न निकायका पदाधिकारीहरुलाई कांग्रेस सदस्य दिएर प्रवेश गराएका हुन् ।
कांग्रेसमा प्रवेश गरेका भट्ट गत स्थानीय चुनावमा माओवादी केन्द्रबाट गन्यापधुरा–४ बाट अध्यक्षमा निर्वाचित भएका थिए। उनी यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनको स्वकीय सचिव समेत थिए। उनी माओवादी केन्द्र डडेलधुराका जिल्ला सदस्य थिए।
त्यस्तै डडेलधुराकै वाईसिएल नेपालका केन्द्रीय सदस्य इन्द्रबहादुर कठायत पनि कांग्रेस प्रवेश गरेका छन्। त्यस्तै गन्यापधुरा गाउँपालिका वडा नम्वर ४ का सदस्यहरु नरजित भुल र वीरबहादुर भुल पनि कांग्रेस प्रवेश गरेका छन्।
त्यस्तै डडेलधुराका माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरु मानबहादुर धानुक, गोपाल खत्री, मिनराम साउद र धनिलाल पाल पनि कांग्रेस प्रवेश गरेका छन्। उनीहरु सबैलाई प्रधानमन्त्री देउवाले खादा लगाएर कांग्रेसमा स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed