Breaking News.... EverestOnlineKhabar
June 24, 2026

Loading

काठमाडौ,२१ कार्तिक ।
वाम गठबन्धनले चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ । तीनकुनेस्थित रोयल व्यांक्वेटमा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुले घोषणापत्र सार्वजनिक गर्नेछन् । घोाषणापत्रमा पाँच वर्षभित्र गरिबी मुक्त गर्ने र १० वर्षभित्र प्रतिव्यक्ति आय कम्तिमा पाँच हजार अमेरिकी डलर अर्थात् पाँच लाख नेपाली रुपैयाँ पुर्‍याउने उल्लेख छ ।
विक्रम संवत् २०९९ सम्म नेपाललाई समन्नुत राष्ट्रको स्तरमा पुर्‍याउने गरी आर्थिक र विकासका योजना पनि घोषणापत्रमा समेटिएको छ । एमाले नेता मनमोहन अधिकारीको सरकारको पालामा ल्याइएको‘आफ्नो गाउँ आफैं बनाऔं’ भन्ने नारा र प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा ल्याइएको‘नेपालको पानी जनताको लगानी’,‘घरघरमा बिजुली जनजनमा सेयर’ जस्ता नारालाई समावेश गरिएको छ ।
बाढी पहिरोमा घडेरी गुमाएकालाई निःशुल्क घडेरी, राजधानीमा खेलकुद विश्वविद्यालय स्थापना, १० वर्षभित्र २० हजार मेगावाट बिजुली उत्पादन, पाँच वर्षभित्र दुई हजार ३५० किलोमिटर रेलमार्ग निर्माण जस्ता लोकप्रिय कार्यक्रमलाई वाम गठवन्धनले घोषणापत्रमा उल्लेख गरेका छन् ।
नेकपा एमाले र माओवादी केन्द्रको घोषणापत्रमा नेपाली कांग्रेसको चरित्र कम्युनिष्ट र श्रमजीवी जनता विरोधी रहेको, राप्रपाको चरित्र सामन्तवादी रहेको, राजपा राष्ट्रिय आत्मसमर्पणवादी नीतिको पक्षपोषक रहेको र संघीय समाजवादी फोरमको व्यवहार सामाजिक सदभावलाई कमजोर पार्ने किसिमको रहेको भनेर पनि घोषणापत्रमा आरोप लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed