Breaking News.... EverestOnlineKhabar
August 22, 2026

काठमाडौं उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ५८ मेट्रिक टन फोहर व्यवस्थापन

Loading

काठमाडैं । काठमाडौं उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ५८ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
वाग्मती सफाइ महाअभियानको २३४औं हप्तामा शनिबार शान्तिनगरस्थित भीएस निकेतन विद्यालयअघिको वाग्मती नदी किनारमा सफाइ गरी १० मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौं महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, तिलगंगा महिला समूहलगायत संस्थाका ६०० भन्दा बढीको सहभागिता थियो ।

गुह्येश्वरीमाथिको वाग्मती सफाइको १९४औं हप्तामा शनिबार हनुमानघाट र गोठाटार पुल वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजलगायत संस्थाका गरी १०० जनाभन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

रुद्रमती सफाइको १९१औं हप्तामा शनिबार कालोपुल–सेतोपुलसम्म सफाइ गरियो । सफाइबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा २०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।

विष्णुमती सफाइको १६२औं हप्तामा तारकेश्वर नगरपालिका वडा नं १० मनमैँजुमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा २५० जनाभन्दा बढी अभियन्ताको सहभागिता थियो ।

मनोहरा नदी सफाइको ३२औं हप्तामा शनिबार हनुमन्ते दोभानस्थित बिपी आँखा अस्पताल क्षेत्र वरपर सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

चक्रपथ सफाइको ३०औं हप्तामा गोंगबु चोकदेखि वसुन्धरासम्म सफाइ गरी २५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । ग्रिनहिल सिटी अस्पतालको संयोजनमा भएको सफाइमा ३५० भन्दा बढी अभियन्ताको सहभागिता थियो ।

यसैगरी, मीनभवन आलोकनगर सफाइको ३०औं हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । यसैगरी, चक्रपथको बाफल खन्ड सफाइको १२औं हप्तामा कलंकी–स्युचाटारसम्म सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

त्यसैगरी, बनेपा शहर सफाइको आठौं हप्तामा शनिबार दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । ललितपुरको सुन्दरीघाट सफाइको २६औं हप्तामा आठ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको सफाइ महाअभियानले जनाएको छ ।

विसं २०७० जेठ ५ गते शनिबारदेखि वाग्मती सफाइ महाअभियान सुरु भएपछि देशभर सफाइ गर्ने जागरण आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.