Breaking News.... EverestOnlineKhabar
August 22, 2026

अमेरिकी राष्ट्रपति ट्रम्प ११ दिने एशिया भ्रमणमा, उत्तर कोरियाबिरुद्ध एशियाको समर्थन खोजिने

Loading

बिबिसि । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाली मुलुकहरुको ११ दिने भ्रमणमा निस्केका छन् ।भ्रमणका क्रममा उनी जापान, दक्षिण कोरिया, चीन, भियतनाम र फिलिपिन्स जानेछन् । गत २५ वर्षयता कुनै पनि अमेरिकी राष्ट्रपतिले गरेको एसियाको यो सबैभन्दा लामो भ्रमण हो ।

उत्तर कोरियाको पारमाणविक कार्यक्रम र क्षेप्यास्त्र परीक्षणका कारण कोरियाली प्रायद्वीपमा तनाव चुलिएका बेला ट्रम्प भ्रमणमा निस्केका हुन् । आफ्नो भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले दक्षिण कोरिया र जापानप्रति ऐक्यवद्धता जनाउने तथा प्योङयाङविरुद्ध कडा नीति लिनका निम्ति चीनलाई दबाब दिने अनुमान गरिएको छ ।

भ्रमणमा निस्केका ट्रम्प शुरुमा हवाई पुगे जहाँ उनले अमेरिकी प्यासिफिक कमाण्डको ’ब्रिफिङ’मा सहभागिता जनाए । उनले पर्ल हार्बरस्थित ’युएसएस एरिजोना मेमोरिअल’ को पनि भ्रमण गर्नेछन् ।

पर्ल हार्बर त्यही ठाउँ हो जहाँ सन् १९४१ मा जापानले आक्रमण गरेपछि अमेरिका दोस्रो विश्वयुद्धमा होमिन पुग्यो । हवाईबाट राष्ट्रपति ट्रम्प प्रथम महिला मेलानियासहित जापान पुग्नेछन् र त्यहाँबाट दक्षिण कोरिया जानेछन् ।

ट्रम्पले दक्षिण कोरियाको राजधानी सोलस्थित एउटा अमेरिकी सैन्य अखडाको पनि भ्रमण गर्ने कार्यक्रम छ । भियतनाममा उनी एसिया प्रशान्त आर्थिक साझेदारी समूह एपेकको बैठककमा सहभागी हुनेछन् र त्यसपछि हनोईको राजकीय भ्रमण गर्नेछन् । त्यसपछि फिलिपिन्सको मनिलामा दक्षिण पूर्वी एसियाली मुलुकहरुको बैठकमा उनले सहभागिता जनाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.