Breaking News.... EverestOnlineKhabar
June 27, 2026

काठमाडौं १ मा उम्मेदवारी दर्ता गराउँदै प्रकाशमानले भने,‘ मेरो जित निश्चित छ । ’

Loading

काठमाडौं । नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमो उम्मेदवारी दर्ता गराएका छन ्। बिहीबार दिउँसो राष्ट्रिय सभागृहमा गइ उनले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ता गराउँदै उनले आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका काम गरेकाले आफूले यसपटक पनि जित्ने दावी गरे ।

सिंहले भने, ‘मेरो क्षेत्रमा राम्रो काम गरेका कारण म लोकप्रिय छ । समुदायका लागि काम गरेको छु, योजनाहरु प्रभावकारी ढंगले सम्पन्न गरेका कारण पार्टीले अहिले पनि अवसर दिएको छ ।’

नेपालमा कम्युनिष्ट पार्टीहरुले गठबन्धन बनाएर संसारबाट विफल भइसकेको कम्युनिजमलाई फेरि ब्युँताउन खोजेको भन्दै नेता सिंहले वाम गठबन्धनले जितेमा एकदलीय तानाशाही व्यवस्था आउने दावी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.