Breaking News.... EverestOnlineKhabar
June 27, 2026

बंगलादेशसंगको पहिलो अभ्यास खेलमा नेपाल हार्यो

Loading

एजेन्सी । एसीसी यु–१९ एसिया कप क्रिकेटको तयारीमा रहेको नेपाली युवा टोली अभ्यास खेलमा बंगलादेशसँग पराजित भएको छ । बंगलादेशको यु–१९ क्रिकेट टिमले बिहीबार भएको खेलमा नेपाली यु–१९ टिमलाई ३ विकेटले पराजित गरेको हो ।

१५४ रनको चुनौती पछ्याउदै ब्याटिङ गरेको बंगलादेशले ३९ ओभरमा ७ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । बंगलादेशका लागि नइम शेखले सर्वाधिक ५३ रन बनाए । नेपालका लागि सन्दिप लामिछानेले ४ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ९ विकेटको क्षतिमा १५३ रन बनाएको थियो ।

नेपालका लागि आशिफ शेखले ३२, भिम शार्कीले २८, पवन सर्राफले १९ र अनिल कुमार शाहले १८ रनको योगदान दिए । त्यस्तै, कलमसिंह ऐरीले नटआउट १७ रन बनाउदा कप्तान दिपेन्द्रसिंह ऐरी भने १६ रनमा आउट भए ।

नेपालले बंगलादेशका यु–१९ टिमसँग अब दुई वटा अभ्यास खेल खेल्नेछ । नोभेम्बर ४ र ५ तारिखमा नेपालले बंगलादेशसँग खेल खेल्दै आफ्नो भ्रमणलाई सकाएर ६ तारिखमा नेपाल फर्किनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.