Breaking News.... EverestOnlineKhabar
October 2, 2026

एसीसी यू–१९ एसिया कप क्रिकेटको तयारी गर्न नेपाली टोली बंगलादेश प्रस्थान

Loading

काठमाडौं । मलेसियामा आयोजना हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताको लागि तयारी गर्न नेपाली यू–१९ क्रिकेट टोली बंगलादेश प्रस्थान गरेको छ । बंगलादेशमा एक साताको अन्तिम तयारी गर्न नेपाली टोली त्यसतर्फ गएको हो ।

नोभेम्बर दोस्रो साताबाट सुरु हुने प्रतियोगिताको लागि दिपेन्द्र सिंह एरीको कप्तानीमा १५ सदस्यीय टोली चयन गरिएको थियो । बंगलादेशमा नेपाली टिमले बंगलादेशको यु–१९ टिमसँग तीन मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले नोभेम्बर २, ४ र ५ मा बंगलादेशको यु–१९ टिमसँग अभ्यास गर्नेछ ।

टेष्ट मान्यता प्राप्त राष्ट्र सम्मलित एसीसी यू–१९ एसिया कपमा आगामी नोभेम्बर ११ बाट १९ सम्म मलेसियामा हुनेछ । एसिया कपमा टेष्ट मान्यता राष्ट्रहरु भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, अफगानिस्तानसहित आठ टोलीको सहभागिता रहनेछ । एसोसिएट राष्ट्रमा नेपाल र मलेसिया रहँदा एक टोलीको टुंगो लागेको छैन । एक टोली भने एसिया कप छनोटको वेष्टर्न रिजनको छनोटबाट आउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed