![]()
कैलाली । नेपाली कांग्रेसकी नेतृ एवम प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा कैलाली ५ बाट चुनाव लड्ने भएकी छन् ।
कांग्रेस संसदीय समितिको बैठकले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाकी पत्नी आरजुलाई कैलाली ५ मा उम्मेदवार बनाउने निर्णय गरेको हो । दोस्रो संविधानसभामा प्रधानमन्त्री देउवा डडेलधुरासँगै कैलाली ५ बाट विजयी भएका थिए ।
दुई मध्ये एक क्षेत्र एउटा क्षेत्र छोड्नु पर्ने कानुनी प्रावधान अनुसार देउवाले कैलाली ५ छाडेका थिए । उपनिर्वाचनमा कांग्रेसका पुष्करनाथ ओझा निर्वाचित भएका थिए ।
बैठकले कांग्रेस नेतृ अम्बिका बस्नेत काठमाडौं क्षेत्र नम्बर ३, महालक्ष्मी डिना उपाध्याय मकवानपुर २ र सीता गुरुङ तेह्रथुमबाट चुनाव लड्न टिकट दिएको छ ।


