Breaking News.... EverestOnlineKhabar
August 16, 2026

Loading

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश २ मा प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँट गरेका छन् । कार्यदल स्तरमा भएको छलफललाई शीर्ष नेताहरुले टुंगो लगाएका छन ।

वाम गठबन्धनमा आवद्ध एमालेले प्रतिनिधिसभाका १३ र प्रदेशसभाका ३० सिट पाएको छ । माओवादी केन्द्रले भने प्रतिनिधिसभामा १५ र प्रदेशमा २८ सिट पाएको छ । प्रदेश २ मा प्रतिनिधिसभाका ३२ र प्रदेशसभाको ६४ सिट छन् ।

प्रदेशसभाका २ सिटबारे छलफल चलिरहेको छ । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभाको दुई सिट कसले लिने भन्ने तय हुन बाँकी छ । पर्साको प्रतिनिधिसभाको सिट साट्नेबारे पनि एमाले र माओवादीबीच छलफल भैरहेको छ ।

वाम गठबन्धनले सिट बाँटफाँटमा धनुषा क्षेत्र नम्बर ३ स्वतन्त्रलाई छाडेको छ । यहाँ नेपाली कांग्रेसबाट विमलेन्द्र निधि उम्मेदवार बन्दैछन् । यस्तै महोत्तरी २, सप्तरी ४ र सर्लाहीको निर्वाचन क्षेत्र नम्बर २ मा पनि स्वतन्त्रलाई दिइएको छ ।

शीर्षतहमा भएको सहमतिअनुसार क्षेत्र नम्बर २ एमाले र ३ माओवादीको भागमा परेको छ । तर, स्थानीय स्तरबाट भने २ माओवादी र ३ एमालेले लिनुपर्ने राय आएको र छलफल भइरहेको एक नेताले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.