Breaking News.... EverestOnlineKhabar
June 24, 2026

एसीसी यू १९ एशिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा

Loading

काठमाडौं । एसीसी यू १९ एशिया कपका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ । १८ सदस्यीय नेपाली टोलीमा जितेन्द्र सिंह र रासिद खानले पहिलो पटक स्थान बनाएका छन् ।

घोषणा गरिएको टोलीमा यसअघि टिममा परेका सन्दिप जोरा र बिक्रम भुसाल बैकल्पिकमा परेका छन् ।  नेपाली टोलीको कप्तानीमा दिपेन्द्रसिंह ऐरीलाई निरन्तरता दिइएको छ । साथै रोहितकुमार पौडेल, सन्दिप लामिछाने, सन्दिप सुनार, प्रनित थापामगर, अनिलकुमार शा, पवन सर्राफ, आशिफ शेख, किशोर महतो, साहव आलम, प्रकाश केसी, कमलसिंह ऐरी, भिम सार्की टिममा परेका छन् ।

नेपाली युवा टिम सोमबार बंगलादेश प्रस्थान गर्नेछ । नेपालले आगामी बिहीबार, आइतबार र सोमबार बंगलादेशको अन्डर नाइन्टिन टिमसँग तीनवटा अभ्यास खेल खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed