Breaking News.... EverestOnlineKhabar
October 6, 2026

धादिङ दुर्घटना छानबिन गर्न तीन सदस्यीय समिति गठन

Loading

काठमाडौं । ३१ जनाको ज्यान जाने गरी धादिङको गजुरीमा भएको बस दुर्घटनाको छानबिन गर्न सरकारले ३ सदस्यीय समिति गठन गरेको छ ।

गृह मन्त्रालयले सहसचिव मानबहादुर विश्वकर्माको संयोजकत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक सदस्य रहने गरी समिति गठन गरेको हो ।

समितिलाई भविष्यमा यस्ता दुर्घटना हुन नदिन राय सुझावसहित सातदिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ । मन्त्रालयले सार्वजनिक यातायात सेवालाई भरपर्दो, सुरक्षित र व्यवस्थित तुल्याउन अपनाउनु पर्ने सबै निगरानी र अनुगमन कार्यलाई कडाईका साथ कार्यान्वयन गर्न पनि प्रशासनलाई निर्देशन दिएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ बांगेमोडस्थित त्रिशुलि नदीमा शनिबार बस खस्दा ३१ जनाको मृत्यु भएको थियो । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलि नदीमा खसेर दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed