![]()
काठमाडौं । किर्गिस्तानमा आयोजना हुने एएफसी यू–१९ च्याम्पियनसिप छनोटको लागि नेपाली युवा फुटबल टोलीको घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले अर्पण कार्कीको नेतृत्वमा २३ सदसिय नेपाली टोलीको घोषणा गरेको हो ।
टोलीमा कप्तान अर्पणसहित उपकप्तानमा प्रिजन तामाङ रहेका छन् । त्यस्तै अविशेक बराल, विश्व उदास, विकास खवा, राजन गुरुङ, सुमन अर्याल, निराजन महर्जन, रोमन लिम्बु, अशोक थापा, दिनेश हेन्जन र अविशेक रिजाल रहेका छन् ।
त्यस्तै अनिल महर्जन, सेसेहाङ आङदेम्बे,आकाश श्रेस्त, एरिक बिष्ट, रेजीन सुब्बा, धिराज श्रेष्ठ,सुरज ठकुरी,राजेश परियार, मनिष थापा र सोजित गुरुङ पनि टोलीमा अटाएका छन् । नेपाली टोलीको मुख्य प्रशिक्षकमा छिरिङ लोप्सङ, प्रशिक्षकमा पुस्कर शाह र गोलकिपर प्रशिक्षकमा मृगेन्द्र मिश्र रहेका छन् । नेपाली टोली आइतबार त्यसतर्फ जाँदैछ ।
मंगलबारबाट सुरु हुने छनोटमा नेपाल ‘समुह ए’ मा रहेको छ । नेपालको समुहमा किर्गिस्तान, ओमान, युएई र बहराइन रहेका छन् । नेपालले पहिलो खेल आयोजक किर्गिस्तानसँग कार्तिक १४ गते खेल्ने छ । त्यस्तै नेपालले कार्तिक १६ मा बहराइन, कार्तिक १८ मा युएई र कार्तिक २२ मा ओमानसंग खेल्नेछ ।


