![]()
काठमाडौं । आगामी मंसिरमा हुन गैरहेको प्रतिनिधि र प्रदेशशभा निर्वाचनका लागि दलहरु आ–आफनो तयारीमा तीव्रताकासाथ लागेका छन । दलहरु बामपन्थी र प्रजातान्त्रिक गरी दुइ धु्रवमा बाँडिएपछि आसन्न चुनाव झन पेचिलो हुँदै गएको छ ।
प्रतिनिधि र प्रदेशशभा निर्वाचनका लागि प्रमुख आकर्षणको केन्द्र काठमाडौं पनि बनेको छ । काठमाडौंमा पुरानादेखि चर्चित युवा नेतासम्म उम्मेदवार बन्ने निश्चित भएपछि यहाँको माहोल निकै तातेको छ । त्यसमा पनि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य हिमाल शर्मा उम्मेदवार बन्ने निश्चित भएपछि यहाँको माहोल झन बेग्लै बनेको छ ।
बिद्यार्थी राजनीतिदेखि नै लोकप्रिय रहेका युवा नेता शर्मा माओवादी केन्द्रको मात्र नभइ बामगठवन्धनकै साझा उम्मेदवार हुनुहुन्छ । शर्माको प्रत्येक घर–घरसंग भावनात्मक सम्बन्ध गाँसिएको, प्रतिष्पर्धी दल नेपाली कांग्रेसका अधिकांश कार्यकर्ताहरुको पनि समर्थन रहेको, सो क्षेत्रको विकासका लागि दिलोज्यान दिएर लागेको लगायका कारणले सो क्षेत्रका लागि शर्माको विकल्प नभएकाले आफूहरुले सर्वसम्मत सिफारिस गरेको बताउनु हुन्छ नेकपा माओवादी तार्केश्वर नगर कमिटीका अध्यक्ष रामकुमार थापा ।
थापाका अनुसार नेता शर्मा तार्केश्वर नगरपालिकासहित ६ नम्बर क्षेत्रका जनतासंग प्रत्यक्ष भिजेका एकमात्र नेता हुन । थापा भन्छन, ‘ शर्मा यो क्षेत्रका प्रत्येका जनताको सुखदुःखमा साथ रहे । कसैको परिवारमा दुःख प¥यो, त्यहाँ हिमाल पुगे । कसैलाई अस्पताल लैजानु प¥यो, हिमालले लगे । कहिं झैझगडा भयो, हिमालले मिलाए ।’
बिनाशकारी भूकम्पले काठमाडौंसमेत अस्तव्यस्त भएकाबेला शर्माले आफनो क्षेत्रका पीडित जनताको घाउमा मलहल लगाउँदै उनीहरुसंगै दिनरात बिताए । उनले राहत मात्र बितरण गरेनन, सो क्षेत्रको पुनर्निर्माण र पूर्वाधार विकासमा आफूपनि सक्रिय भए ।


थापा अघि भन्छन, ‘यतिमात्र होइन यो क्षेत्रको विकासका लागि हिमालले जस्तो कसैले पनि योगदान दिएन । ०७० सालमा चुनाव जितेर कांग्रेसका भीमसेनदास प्रधानले के गरे ? बरु चुनाव हारेका शर्माले ५८ करोड रुपैयाँ यो क्षेत्रको विकासका लागि छुट्टयाए । उनले अर्थमन्त्री कृष्णबहादुर महराको सल्लाहकार हुँदा यो काम गरे । ’
शर्माको पहलका कारण तार्केश्वर नगरपालिका लगायत समग्र ६ नम्बर क्षेत्रमा खानेपानी, सडक, खेलकुद, महादेवखोला करिडोर निर्माण, कृषी, शिक्षा लगायतका क्षेत्रमा धेरै काम भएको अध्यक्ष थापाको भनाइ छ ।
शर्मा माओवादी केन्द्रकातर्फबाट उम्मेदवार भएपनि उनको कामले उनलाई सबैका साझा नेता बनाइदिएको छ । राजनीतिक आस्था र पूर्वाग्रहबिना ०७० सालदेखि निरन्तररुपमा यहाँका जनाको सेवामा खटिरहेकाले हिमाल शर्माको जित सुनिश्चित भएको अध्यक्ष थापा बताउँछन ।


