![]()
काठमाडौ,१० कार्तिक ।
काठमाडौ उपत्यकामा भईरहेको रगतको चरम अभावलाई न्यूनिकरण गर्न बानेश्वरको तेस्रो आँखा(थर्ड आई) यूथ क्लबले भोली शनिवार बृहत्त रक्तदान कार्यक्रम आयोजना गरेको छ । नयाँ बानेश्वरको काब्य स्कुल प्राङ्गणमा विहान ८ बजेदेखि मध्यान्ह १२ बजेसम्म इच्छुक रक्तदाताले रक्तदान गर्नसक्ने क्लवका सचिव विनोद थपलियाले जानकारी दिनुभयो ।
काठमाडौ उपत्यकामा पछिल्लो समय भईरहेको रगत अभावलाई मध्यनजर गरेर रक्तदान कार्यक्रम आयोजना गरिएको सचिव थपलियाले जानकारी दिनुभयो । भोली हुने उक्त रक्तदान कार्यक्रममा कम्तीमा ५० जनाले रक्तदान गर्ने आयोजकको विश्वास छ । रक्तदान जिवनदान भन्ने मर्मलाई सिरोधार गरी रक्तदान कार्यक्रममा सहभागि हुन क्लवले आह्वान गरेको छ ।
भोली विहान साढे ७ बजे बानेश्वर चोकबाट सरसफाई सुरु गरी काब्य स्कुलको प्राङ्गणसम्म सरसफाई गर्ने र लगत्तै रक्तदान कार्यक्रम सुरु हुने आयोजकले जनाएको छ ।
थर्ड आई यूथ क्लवले विगतदेखि नै सरसफाई लगायत विभिन्न सामाजीक कार्यक्रम गर्दे आएको छ । हरेक शनिवार सरसफाई कार्यक्रम गर्दै आएको क्लबले सरसफाई कार्यक्रमको १ सय ३३ औं हप्तामा पनि सरसफाई कार्यक्रम राखेको छ ।


