Breaking News.... EverestOnlineKhabar
June 24, 2026

त्रिशुली बस दुर्घटना : मृत्यु हुनेको संख्या ३१ पुग्यो, ४ अझै बेपत्ता, खोजि र उद्दार जारी

Loading

धादिङ । सप्तरीको राजबिराजबाट काठमाडौं आइरहेको यात्रुबस त्रिशुलीमा खस्दा हालसम्म ३१ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन । राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको सन्देश ट्राभल्सको बस धादिङको गजुरी गाउँपालिका बांगेमोडबाट त्रिशुलीमा खसेको थियो ।

शनिबार बिहान करिव साढे ५ बजे त्रिशुली नदीमा खसेको बसमा मृत्यु भएकामध्ये ३१ जनाको शव निकालिएको छ । तीमध्ये १२ जनाको सनाखत भएको छ । सनाखत भएकामध्ये भारतीय नागरिक २९ वर्षीया ममतादेवी ठाकुरबाहेक अधिकांश सप्तरी जिल्लाका छन् । मृत्यु हुनेहरुमा शिसिकुमारी झा राजकुमार यादव, नरेश मुखिया, चन्द्ररेखा, चन्द्रवती झा, मञ्जितकुमार झा, पार्वती चौधरी, आदित्य यादव, रञ्जीतकुमार झा, सुशान्त चौधरी र रमानन्द यादव छन् ।

बिहानैदेखि प्रहरीसहित गोताखोर टोली उद्दारमा खटिएको छ । बसमा ५० भन्दा बढी यात्रु रहेको बताइएको छ । राजविराजबाट १७ जना यात्रु लिएर गुडेको बसले हेटौंडामा आएर खचाखच यात्रु भरेको थियो । थुप्रै यात्रु छतमा समेत रहेको बताइएको छ । घाइते मध्ये १४ जनाको गजुरी अस्पताल र बाँकी २ जनाको काठमाडौं बीर अस्पतालमा उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed