Breaking News.... EverestOnlineKhabar
June 25, 2026

लोकतान्त्रिक गठबन्धनबाट भावी प्रधानमन्त्रीका उम्मेद्वार रामचन्द्र पौडेल

Loading

काठमाडौ,१० कार्तिक ।
नेपाली कांग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनले रामचन्द्र पौडेललाई भावी प्रधानमन्त्रीको उम्मेद्वार बनाएर चुनावमा जाने तयारी गरेको छ । नेपाली कांग्रेसका नेता एंव कृषि विकास मन्त्री रामकृष्ण यादवले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जाने बताएका हुन् । मन्त्री यादवले पार्टीका कार्यकर्ता र जनताको चाहना बमोजिम रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा जाने तयारीमा पार्टी जुटेको जानकारी समेत दिए ।
उनले भनेः‘ पार्टीले यसका बारेमा गम्भीर भएर सोच्नु पर्छ, पौडेललाई अघि सारेर निर्वाचनमा जाँदा पार्टीलाई फाइदा हुन्छ, पार्टीले यसका बारेमा छिट्टै आधिकारिक निर्णय गर्नेछ, पार्टीका वरिष्ट नेता रामचन्द्र पौडेलले जीवनका १४ वर्ष जेल भोग्नु भएको छ, जनता र पार्टीका कार्यकताले उहाँलाई नै अघि सारेको देख्न चाहेका छन्, यसमा पार्टीका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले पौडेललाई अघि सार्ने निर्णय गर्नुहुनेछ।’
तोकिएको समयमा निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्दै मन्त्री यादवले भनेः‘सरकार तोकिएकै समयमा निर्वाचन गर्नेमा जुटिरहेको छ, तोकिएको समयमा चुनाव हुने कुरामा कसैले शंका नगरे हुन्छ, बरु निर्वाचनमा सबैले मत हाल्ने वातावरण सिर्जना गर्न तर्फ लाग्नुपर्छ, मंसिर १० र २१ गतेको निर्वाचन तोकिएको समयमै हुन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed