Breaking News.... EverestOnlineKhabar
June 25, 2026

Loading

चरिकोट,१० कार्तिक ।
भीमेश्वर नगरपालिकाका लेखाप्रमुख सुजन सुवेदी र गौरीशंकर गाउँपालिकाका लेखापाल पुष्प बस्नेतसहित ६ जनालाई प्रहरीले जुवा खेलिरहेका स्थानबाट पक्राउ गरेको छ ।
प्रहरीले बिहीबार उनीहरुको जुवा खालबाट १ लाख ६ हजार ६ सय ९५ रुपैयाँ बरामद गरेको छ । भीमेश्वर–६ चरीघ्याङस्थित ‘स्थानीय आवाज अनलाइन’का सञ्चालक राजबहादुर शिवाकोटीले पासाङदोर्जे शेर्पाको घरको कोठा भाडामा लिएर जुवा खेलाइरहेका अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक अनु लामाले बताउनुभयो ।
पक्राउ पर्नेमा भीनपा–१ का रामेश्वर गिरी र वडा नं ३ का रामकाजी लामा दोङ, तामाकोशी गाउँपालिकाका स्वास्थ्य इन्चार्ज (स्वास्थ्यचौकी भीरकोटका इन्चार्ज) दलबहादुर खड्का र रामेछापका खिलेन्द्र खत्री पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed