![]()
बिराटनगर । विराटनगरका मेयर भीम पराजुलीले साढे ६ घण्टा जमिनमा घस्रिएर स्थानीय सिंघिया खोलामा छठ पूजा गरेका छन । मेयर नै घस्रिएर जान थालेपछि उनी सबैको आकर्षणको केन्द्र बनेका थिए ।
पराजुली अस्ताउँदो सूर्यलाई अर्घ दिन डेढ किलोमिटर टाढासम्म घस्रेर पुगे । यो पूजाका लागि मेयर पराजुली बुधबारैदेखि पानीसमेत नपिई निराहार व्रत बसेका थिए ।
उनले बिहीबार दिउँसो १ बजे विराटनगर–३ स्थित आफ्नो घर नजिकैको शिव पञ्चायत मन्दिरबाट घस्रिन सुरु गरेका थिए । साँझ करिब साढे ४ बजेतिर दण्डप्रणाम गर्दै डेढ किलोमिटर दुरी पार गरेर सिंघिया खोलाको किनार पुगे ।
पराजुलीले १४ वर्षदेखि हरेक छठमा यसरी नै घस्रेर सूर्यलाई अर्घ दिने गरेका छन् ।


