Breaking News.... EverestOnlineKhabar
June 25, 2026

इण्डोनेशियाको एक पटाका कारखानमा बिष्फोट, ५० जनाको मृत्यु

Loading

बिबिसि । इन्डोनेसियाको राजधानी नजिकै रहेको ताङगेराङ शहरको एक पटका कारखानामा बिहीबार आगलागी हुँदा ५० जनाको मृत्यु भएको छ भने ४६ कामदार घाइते भएका स्थानीय प्रहरी अधिकारीले जनाएका छन् ।

शहरको सुरक्षा अधिकारी सादुनीका अनुसार घाइते सवैजनालाई स्थानीय विभिन्न तीन अस्पतालमा राखिएको छ । सदुनीले घटनास्थलबाट स्थानीय टेलिभिजनलाई जानकारी दिँदै भने, “आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुगेको छ भने ४६ जना घाइते भएका छन् ।”

मृतकमध्ये प्राय उत्पादन कक्षमा काम गर्ने मजदूर रहेका छन् । उक्त पटका कारखाना पीटी पान्सा वौना कम्पनीद्वारा सञ्चालित रहेको थाहा हुन आएको अग्नी नियन्त्रकले जनाएका छन् ।

ताङगेराङ शहरका बरिष्ठ प्रहरी आयुक्त हरी कुर्नियावानले प्रारम्भीक अनुसन्धानबाट घटना विद्युत चुहावटका कारण भएका हुनसक्ने बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed