Breaking News.... EverestOnlineKhabar
June 19, 2026

सांस्कृतिक सम्पदाको संरक्षण गर्न सके मुलुकको समृद्धि : राष्ट्रपति

Loading

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण गर्न सके मुलुकको समृद्धिमा महत्वपूर्ण यागदान पुग्ने बताउनु भएको छ । मंगलबार ललितपुरको च्यासलमा ज्यापु संग्राहलय महोत्सवको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्न सरोकारवालाहरुको ध्यानाकर्षण समेत गराउनुभयो ।

राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकाको सांस्कृतिक सम्पदाको पुनर्निर्माणको कामलाई तीव्रता दिएर यहाँको जनजीवनलाई सहज बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले जलवायु परिवर्तन र वातावरण प्रदुषणबाट हुने जोखिम न्यूनीकरण हुने गरी काठमाडौं उपत्यकाको दिगो विकास गर्नुपर्नेमा पनि जोड दिनुभयो ।

राष्ट्रपति भण्डारीले भूकम्पले ध्वस्त बनाएको काठमाडौं उपत्यकाको नवनिर्माण र पुनर्निर्माणको काममा ढिलाई नगर्न पनि सरकारसँग आग्रह गर्नुभयो । भूकम्प प्रतिरोधी आवास निर्माणको काममा तीव्रता दिन पनि उहाँले आग्रह गर्नुभयो ।

३ दिनसम्म चल्ने महोत्सवमा ज्यापू समुदायको कला, भाषा र संस्कृति झल्कने खालका सामग्रीहरु राखिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed