Breaking News.... EverestOnlineKhabar
June 19, 2026

एसिया कप तथा अन्तर क्लब भारोत्तोलन च्याम्पियनसिपमा ४ नेपाली खेलाडी सहभागी हुने

Loading

एजेन्सी । दक्षिण कोरियामा हुने एसिया कप तथा अन्तर क्लब भारोत्तोलन च्याम्पियनसिपमा ४ नेपाली खेलाडीले सहभागि हुने भएका छन । प्रतियोगितामा नेपालबाट समान २–२ पुरुष महिला खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा पुरुषतर्फ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भोरोत्तोलनका एक मात्र नेपाली स्वर्ण विजेता खेलाडी कमलबहादुर अधिकारीले ७७ केजी तथा प्रकाश केसीले ६९ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । महिलाको ५३ केजीमा सञ्जु चौधरी तथा ५८ केजीमा कमला श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाश बाहेक सबै खेलाडी राष्ट्रिय कीर्तिमानधारी खेलाडी हुन् । कमलको नाममा स्न्याचमा १२० र क्लिन एन्ज जर्कमा १६० केजीको कीर्तिमान छ । स्न्याचमा ६० केजी र क्लिन जर्कमा ८१ केजीको कीर्तिमान सन्जुको नाममा छ । त्यस्तै कमलाको स्न्याचमा ६८ केजी र क्लिन एन्ड जर्कमा ८५ केजीको उत्कृष्ट प्रशर्दन राष्ट्रिय कीर्तिमान हो ।

प्रतियोगितामा सहभागि हुन चार खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार दक्षिण कोरियाको योङगु प्रस्थान गरेका छन् ।
प्रतियोगिता अक्टोबर २८ देखि नोभेम्बर २ तारिखसम्म संचालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed