Breaking News.... EverestOnlineKhabar
August 22, 2026

प्रत्यक्षतर्फ ९७ जनाको उमेदवारी फिर्ता, १ जनाको रद्द

Loading

काठमाडौं । मंसिर १० गते पहिलो चरणको निर्वाचनका लागि प्रत्यक्षतर्फ उमेदवारी दिएकामध्ये ९७ जनाले आफ्नो उमेदवारी फिर्ता लिएका छन् भने एकजनाको रद्द भएको छ ।

निर्वाचन आयोगका अनुसार कात्तिक ५ गते ८०७ जनाले उमेदवारी दिएका थिए । त्यसमध्ये ४ जनाको उमेर हदका कारण उमेदवारी रद्द भएको थियो । जसले गर्दा अब प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा १११ पदका लागि ७०५ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् ।

उमेदवारी फिर्ता लिनेमा मनाङको प्रदेशको २ नम्बर क्षेत्रकी एमाले उमेदवार खण्डा लामादेखि, माओवादी नेता तथा पूर्व गृहमन्त्री शक्ति बस्नेतविरुद्ध बागी उठेका एमालेका गोविन्दविक्रम शाहले पनि उमेदवारी फिर्ता लिएका छन् । त्यस्तै, रुकुममै माओवादी केन्द्रका उमेदवार कमला रोकाविरुद्ध उमेदवारी दिएका माओवादीकै तेजेन्द्र खाम मगरले पनि उमेदवारी फिर्ता लिएका छन् ।

माओवादी केन्द्रका उमेदवार तथा पूर्व गृहराज्य मन्त्री श्यामकुमार श्रेष्ठविरुद्ध उमेदवारी दिएकी लक्ष्मी गुरुङले पनि उमेदवारी फिर्ता लिएकी छन् ।

यसरी पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभाका ८०३ उमेदवारमध्ये ९७ जनाले उमेदवारी फिर्ता लिएका हुन् भने एक जनाको खारेज भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.