![]()
काठमाडौं । सर्वोच्च अदालतले ज्यान मुद्दामा जन्मकैद फैसला गरेका माओवादी नेता बालकृष्ण ढुंगेललाई प्रहरीले पक्राउ नगरेको भन्दै सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।
बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई विपक्षी बनाउँदै मंगलबार सर्चोच्चमा अवहेलना मुद्दा दायर गरेका हुन् । मुद्दामा न्याय प्रशासन ऐन २०७३ दफा १७ अनुसार महानिरीक्षक अर्याललाई हदै सम्मको कारबाहीको माग गरिएको छ । यदी दोषी ठहरिएमा अदालतको आदेश अवहेलना गरेको आरोपमा १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ ।
सर्चोच्चले सजायको फैसला गरिसक्दा पनि प्रहरीले पक्राउ गरि फैसला कार्यान्वन नगरेको भन्दै पक्राउ गरि प्रक्रिया अघि बढाउनु पर्ने त्रिपाठीले जिकिर गरेका छन् ।
उज्वन श्रेष्ठको हत्या अभियोगमा ढंगेललाई सर्वोच्चले जन्मकैद फैसला गरेको थियो ।


