Breaking News.... EverestOnlineKhabar
June 19, 2026

नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट आउँदै

Loading

एजेन्सी । ओपो मोबाइलले नेपाली बजारमा नयाँ सेल्फी एक्स्पर्ट सार्वजनिक गर्ने भएको छ । चाँडै सार्वजनिकको तयारीमा रहेको ओपोको नयाँ फोन नेपालमा ब्राण्डकै पहिलो फुल स्क्रीन मोडल हुनेछ । यसमा नेपाली सेल्फी प्रेमीलाई विशेष ध्यानमा राखि उद्योगकै पहिलो आर्टिफिसियल ईन्टेलिजेन्सी (एआई) प्रविधि उपलब्ध गराइएको छ ।

यसले कम्पनीको ‘दि सेल्फी एक्स्पर्ट एण्ड लिडर’को परिचयलाई थप सुदृढ बनाउनुका साथै सेल्फी मनपराउने माग पनि सम्बोधन गर्ने आशा गरिएको छ ।

ओपोले फोन मार्फत सेल्फीका लागि फ्रण्ट क्यामेरामा आर्टिफिसियल ईन्टेलिजेन्सी प्रविधि समाहित गरेको छ । नयाँ सेल्फी एक्स्पर्टमा अत्यधुनिक एआई ब्यूटी प्रविधि उपलब्ध छ ।

यसले वैश्विक फोटो डाटाबेस मार्फत आर्टि्फिसियल ईन्टेलिजेन्सीको प्रयोग गर्दै सेल्फीलाई अझ आकर्षक बनाउन सघाउने कम्पनीको दावी छ ।

यो नयाँ उपकरण ओपोकै पहिलो फुल स्क्रिन एफएचडी डिस्प्ले मोडल हो । यसले फोनको आकार ठूलो नबनाइकनै जीवन्त तथा उत्कृष्ट दृष्यानुभुति दिने दावी गरिएको छ । पछिल्ला उत्पादनका तुलनामा यो सहज र सरल हुने तथा परिस्कृत प्रणालीको हुने बताइएको छ।
नेपाली बजारमा नयाँ फोन नोेवेम्बर महिनाको मध्यतिर सार्वजनिक गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed