![]()
एजेन्सी । मलेसियाको पेनाङमा भएको सवारी दुर्घटनामा ८ विदेशी कामदारको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली समेत रहेको आशंका गरिएको छ ।
सोनी कम्पनीको कारखानामा कार्यरत नेपाली र इन्डोनेसियन कामदार बोकेको बस अर्को बससँग जुध्दा ठोक्किन पुग्दा दुर्घटना भएको हो ।
दुर्घटनामा अरु ३३ कामदारसमेत घाइते भएकाछन । घाइते जसमध्ये २३ जनाको अवस्था गम्भीर रहेको छ ।
मृत्यु हुनेमा सबै महिला रहेका छन । उनीहरुको पहिचान खुल्न बाँकी छ ।


