Breaking News.... EverestOnlineKhabar
June 19, 2026

बागी उम्मेदवारबिरुद्ध एमालेको कडा निर्देशन, भविश्यमा कुनै जिम्मेवारी नदिने चेतावनी

Loading

काठमाडौं । नेकपा एमालेले वाम गठबन्धनका विरुद्ध प्रतिनिधिसभा र प्रदेशसभामा उमेदवारी दिने उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन कडा निर्देशन दिएको छ ।

प्रतिनिधिशभा र प्रदेशशभा निर्वाचनका लागि पार्टीले निर्धारण गरेका उम्मेदवारबिरुद्ध बागी उम्मेदवारी परेपछि एमालेले आधिकारिक रुपमा उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो । एमाले–माओवादी केन्द्रबीच तालमेलबाट असन्तुष्ट आधा दर्जन बढी कार्यकर्ताले बागी उमेदवारी दिएपछि एमाले नेतृत्व रुष्ठ भएको हो । एमालेले गठबन्धनको मर्म र भावनाअनुरूप अघि नबढे भविश्यमा कुनै जिम्मेवारी नदिने चेतावनी दिएको छ ।

जाजरकोट, बझाङ, रामेछाप, मनाङ लगायतका जिल्लामा बामगठवन्धनका उम्मेदवारबिरुद्ध बागी उम्मेदवारी परेको छ । बझाङमा एमाले उम्मेदवार भैरवबहादुर सिंहका विरुद्ध एमालेकै गोपालबहादुर खड्काले प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन । त्यस्तै आधिकारिक उमेदवार अर्जन थापाका विरुद्ध शेरबहादुर बोहोराले प्रदेश क मा उदेवारी दिएका छन् ।

जाजरकोटमा कम्युनिष्ट गठबन्धनका नेता तथा पूर्वमन्त्री शक्ति बस्नेतविरुद्ध एमालेका गोविन्द विक्रम शाहले बागी उमेदवारी दर्ता गराएका छन् ।

त्यसैगरी नेकपा एमालेमा भर्खरै प्रवेश गरेका गुन्डा नाइके दिपक मनाङेले मनाङमा एमालेकै उम्मेदवार खण्डा लामाविरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् । एमालेका खण्डा लामा गुरुङ विरुद्ध मनाङेले उम्मेदवारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed