![]()
मनाङ । राप्रपा छोडी एमाले प्रवेश गरेका दीपक मनाङे भनेर चिनिने राजीव गुरुङ अन्ततः एमालेबाट पनि टिकट पाउनबाट वञ्चित भएका छन ।
एमाले जिल्ला कमिटी मनाङले सर्बसम्मत उनलाई प्रदेश क्षेत्र नं. २ बाट सिफारिस गरेपनि केन्द्रीय कार्यालयले उनलाई टिकट दिएन । टिकट नपाएपछि मनाङेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन ।
मनाङले एमालेको झण्डा र एमालेका कार्यकर्तासंगै चामेस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगी उम्मेदवारी दर्ता गराएका थिए ।
सो क्षेत्रमा एमालेबाट प्रनिधिधि सभाका लागि पोल्देन छोपाङ गुरुङको मनोनयन दर्ता भएको छ । प्रदेश क्षेत्र नं. १ बाट दोर्जे डण्डुल गुरुङ र २ खाण्डा लामा गुरुङले एमालेबाट उम्मेदवारी दिएका छन् ।


