Breaking News.... EverestOnlineKhabar
June 24, 2026

एमालेद्वारा ‘एनआरएनए’संग रकम तोकेरै आर्थिक सहयोग माग

Loading

काठमाडौं । नेकपा एमालेले आसन्न चुनावमा कुनैपनि हालतमा एमालेले बहुमत ल्याउनुपर्ने बाध्यता भएकाले आर्थिक सहयोगका लागि ‘एनआरएनए’ लाई आग्रह गरेको छ ।

बुधवार एमालेनिकट एनआरएनएको राजधानीमा आयोजित भेलालाई सम्बोधन गर्दै अध्यक्ष केपी ओली र वरिष्ठ माधव नेपालले खुलेआम आर्थिक सहयोगका लागि आग्रह गरेका हुन । अध्यक्ष ओलीले भने, ‘सरकार निर्वाचन नगराउने षडयन्त्रमा लागेकाले त्यो षडयन्त्रलाई चिर्न पनि संघर्ष गर्नुपर्ने छ, यसका लागि तपाईहरुलाई आर्थिक सहयोगका लागि आग्रह गर्छु । ’

कार्यक्रममा वरिष्ठ नेता माधव नेपालले जुनसुकै मूल्य चुकाएर भएपनि आसन्न निर्वाचनमा एमालेले बहुमत ल्याउनुपर्ने बाध्यता भएको धारणा राख्नुभयो । उहाँले प्रति व्यक्ति एक हजार अमेरिकी डलरका दरले सहयोग गर्न एनआरएनलाई आग्रह गर्नुभयो ।

एनआरएनए प्रतिनिधिहरुले भने पार्टीले देश र जनताको पक्षमा काम नगरी गुट–उपगुटमा विभक्त भएको गुनासो गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed