Breaking News.... EverestOnlineKhabar
August 13, 2026

ललितपुरमा यातायातमा जोर बिजोर प्रणाली

Loading

ललितपुर । ललितपुरको लगनखेल–गोदावारी रुटमा चल्ने सार्वजनिक सवारी साधनमा बुधबारदेखि जोर बिजोर प्रणाली लागु गरिएको छ ।
यातायात व्यवसायी र मजदुर संघको सहकार्यमा लगनखेलबाट जाने—आउने सवारी साधनलाई जोर विजोर प्रणाली लागु गरिएको ललितपुर ट्राफिक कार्यालयले जनाएको छ ।

साँझ र रातको समयमा गोदावारीसम्म यात्रु नलैजाने, लगनखेलबाटै यात्रु भरिएपछि मात्र जाने र यात्रु भरिएपछि बीचमा यात्रु नचढाउने लगायत कार्य हुन थालेपछि ट्राफिक प्रहरीले बुधबारदेखि जोर बिजोर प्रणाली सुरु गरेको होे ।

बुधबारदेखि एकहप्तासम्मको लागि लगनखेलदेखि टौखेलसम्म जाने र आउने सवारी साधनलाई जोर नम्बर र लगनखेल देखि गोदावरीसम्मको रुटमा बिजोर नम्बरको सवारी साधनलाई चल्ने व्यवस्था गरिएको छ ।

प्रत्येक सातापछि उक्त नियम परिर्वतन हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed