Breaking News.... EverestOnlineKhabar
June 24, 2026

नेपाली सेना र अमेरिकीसेनाको संयुक्त तालिम

Loading

काठमाडौं । नेपाली सेना र अमेरिकीसेनाको संयुक्त तालिम सुरु भएको छ । नेपाली सेनाको छाउनीस्थित महावीर रेञ्जर रेजिमेन्ट र अमेरिकी सेनाको स्पेशन अपरेशन ग्रूपको संयुक्त तालिम सुरु भएको हो ।

संयुक्त तालिममा विपद् व्यवस्थापन सम्बन्धी उच्च पहाडी, हिमाली र उच्च हिमाली क्षेत्रमा उद्धार लगायत हिमाली युद्धकला जस्ता विषयमा आधारित रही सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइने छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार महावीर रेञ्जर रेजिमेन्ट छाउनी, कास्की जिल्लाको पोखरा र मुस्ताङ जिल्लाको जोमसोम तथा मुक्तिनाथ ईलाकामा कात्तिक २८ गतेसम्म तालिम सञ्चालन हुने छ ।

यस किसिमको तालिमबाट दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई निरन्तरता प्रदान गरी सम्बन्ध अझ बढी मजबुद बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed