Breaking News.... EverestOnlineKhabar
June 19, 2026

इराकको किर्कुक शहरमा सेनापछि शान्त रहन अमेरिकाको आग्रह

Loading

बिबिसि । इराकको सरकारी फौजले विवादास्पद उत्तरी सहर किर्कुक र नजिकैको तेल क्षेत्रलाई कुर्दहरुको नियन्त्रणबाट फिर्ता लिएपछि अमेरिकी विदेश मन्त्रालयले शान्त हुन आह्वान गरेको छ ।

विदेशमन्त्रालयकी प्रवक्ताले थप झडपहरु नगर्न सबै पक्षलाई आह्वान गरेकी छन् । उनले तथाकथित इस्लामिक स्टेट समूहलाई हराउन अझै धेरै गर्नुपर्ने भन्दै इराकी र कुर्द फौजको तनाबले एउटा महत्वपूर्ण उद्देश्यलाई विचलित पारेको बताइन् ।

इराकको सरकार फौजले सैन्य कारबाही शुरु गरेको २४ घण्टा नपुग्दै किर्कुकको विवादास्पद सहरलाई कुर्दिस लडाकुहरुको नियन्त्रणबाट फिर्ता लिएका छन् । बख्तरबन्द गाडी सहरको केन्द्रमा प्रवेश गरेको छ र त्यहाँको स्थानीय सरकारको मुख्यालयमा इराकी झण्डा गाडिएको छ । हजारौं सर्वसाधारणहरु त्यहाँबाट अन्यत्र गइसकेका छन् ।

पहिला सरकारी र कुर्द फौजलाई समर्थन गरिरहेको अमेरिकी सेनाले आफ्ना मतभेदहरुलाई वार्ताको माध्यमले समाधान गर्न पटकपटक आह्वान गरिरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले कुनै पक्ष नलिएको ह्वाइट हाउसमा सञ्चारकर्मीहरुलाई बताउँदै आएका छन् । कुर्दले स्वतन्त्रताको पक्षमा जनमतसंग्रह गरेको हप्तौंपछि इराकी सेना किर्कुकको विवादास्पद क्षेत्र प्रवेश गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed