![]()
काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारले चुनाव सार्ने तयारी गरेको भन्दै सरकारबाट नहटने स्पष्ट पारेको छ । माओवादीका तर्फबाट सरकारमा सहभागी भएका गृहमन्त्री जनार्दन शर्माले पत्रकार सम्मेलन गर्दै अब सरकारबाट हटने निर्णय स्थगित गरिएको जानकारी दिनुभयो ।
सरकारबाट हट्ने निर्णयको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले निर्वाचन आयोगबाट प्राप्त सूचनाअनुसार निर्वाचन सार्ने तयारी भएकाले अहिले सरकारबाट हट्ने निर्णय स्थगित गरिएको बताउनुभयो ।
“मन्त्रीलाई सरकारबाट फिर्ता बोलाउनेबारे पार्टीले प्रधानमन्त्रीलाई पार्टीका तर्फबाट लेखिएको पत्रको ड्राफ्ट तयार हुँदै गर्दा निर्वाचन सार्ने तयारी हुँदैछ भन्ने निर्वाचन आयोगबाट हामीले जानकारी पायौं,” उनले भने, “अहिले हामी निर्वाचन गराउनका लागि सरकारमा सहभागी भएका हौं । त्यसपछि हामी हाम्रो निर्णयमा केही परिवर्तन गरेका छौं ।
गृहमन्त्री शर्माले भन्नुभयो – “हामी सरकारबाट बाहिरिन तयार छौं । निर्णयमा पनि पुगेर अन्तिम पत्र तयार हुँदै गर्दा निर्वाचन आयोगमार्फत निर्वाचन सारिँदैछ भन्ने सूचना प्राप्त भएकाले राजनीतिक मान्यताका आधारमा हामी सरकारबाट बाहिरिन तयार भएनौं ।”


