![]()
काठमाडौं । नेपाली सेनाले विभिन्न अन्तर्राष्ट्रिय अल्ट्रा दौड प्रतियोगितामा पदक जित्न सफल आफ्ना खेलाडिलाई सम्मान गरेको छ । आर्मी अफिसर्स क्लबमा आइतबार आयोजित एक कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले ७ जना अल्ट्रा धावकलाई सम्मान गर्नुभएको हो । सम्मानित हुनेहरुमा सुवेदार समिर तामाङ, जमदारहरु पूर्णबहादुर तामाङ, तीर्थबहादुर तामाङ, बेदबहादुर सुनुवार, हुद्धा उत्तम खत्री, भीमबहादुर गुरुङ र सिपाही रोजिना भण्डारी रहेका छन् ।
सेनाका अल्ट्रा धावकले पछिल्लो दुई वर्षको अवधिमा डेढ दर्जनभन्दा बढी स्वर्ण पदक जितिसकेका छन् ।


