Breaking News.... EverestOnlineKhabar
October 2, 2026

क्यालिफोर्नियामा एक हप्तादेखिको डेढेलो अनियन्त्रित, ४० जनाको मृत्यु

Loading

बिबिसि । क्यालिफोर्नियामा एक हप्तादेखि फैलिएको डढेलो अनियन्त्रित भएको छ । डढेलो शुरु भएको एक हप्ता पुगिसक्दा समेत आगो नियन्त्रणमा आउन सकेको छैन । हालसम्म ४० जनाको मृत्यु भएको छ भने सयौं हराएका छन ।

क्यालिफोर्नियाका गभर्नरले “यो राज्यले बेहोरिरहेको ठूलो दुखान्तमध्ये एक हो“ भनेका छन् । स्यान्टा रोजा शहरको वाइन उत्पादन क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ । यहाँका ३,००० मानिसहरुलाई शनिवार अन्यत्र सारिएको थियो । उक्त शहर भ्रमणक्रममा गभर्नर जेरी ब्राउनले भने, “अविश्वसनीय विनाश भएको छ ।“

दश हजारभन्दा बढी अग्नि नियन्त्रकहरुले बाँकी १६ वटा स्थलमा आगो निभाउने प्रयत्न गरिरहेका छन् । ७० किलोमिटर प्रतिघण्टा गतिमा चलिरहेको हावाका कारण आगो झनझन फैलिरहेको छ ।

इतिहासमै यो राज्यमा यति घातक आगलागी भएको यो पहिलोपटक भएको बताइएको छ । एक लाखभन्दा बढी मानिसहरु विस्थापित भएका छन् र ठूलो छरछिमेक खरानीमा परिणत भएको छ । कम्तीमा नापा उपत्यका १३ वटा रक्सी उद्योगहरु ध्वस्त भएका छन् । दशौं लाख डलर मूल्यको वाइन पनि ध्वस्त भएको व्यापारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed