![]()
काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारी पनि मंसिरमा हुने प्रदेश र प्रतिनिधिशभा निर्वाचनमा सहभागी हुने भएको छ ।
पोखरामा हालै सम्पन्न राष्ट्रिय सम्मेलनले पारित गरेका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासचिव बैद्यले क्रान्तिका लागि चुनाव उपयोग गर्न थालेको जानकारी दिनुभयो ।
महासचिव वैद्यले आसन्न चुनावलाई सुंगुरको खोरको संज्ञा दिंदै आफुहरु पनि सँुगुरको खोरमा जान थालेको टिप्पणी गर्नुभयो । क्रान्तिको उपयोग गर्न मात्र सुंगुरको खोरमा छिर्न लागेको उहाँले बताउनुभयो । आफनो सिंगो पार्टी नभई सीपी गजुरेलको नेतृत्वमा रहेको चुनावी मोर्चा निर्वाचनमा सहभागी हुने उहाँले बताउनुभयो ।
वैद्यले एमाले र माओवादीवीचको गठबन्धनलाई अवसरवादी र प्रतिक्रियावादीहरुको गठबन्धन भएको बताउनुभयो ।


