Breaking News.... EverestOnlineKhabar
June 3, 2026

इरानलाई उत्तर कोरिया हुन नदिने ट्रम्पको अठोट

Loading

बिबिसि । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको शासन व्यवस्था ‘सन्काह’ हुँदै गएको टिप्पणी गर्दै उसंगको आणविक सम्झौताबाट पछि हट्ने धम्की दिएका छन् ।

राष्ट्रपति ट्रम्पले तत्काल इरानसँगको सम्झौता खारेज नगरे पनि त्यसलाई प्रमाणीकरण नगर्ने बताए । सम्झौताको भविष्यबारे अब अमेरिकी कंग्रेसले टुंगो लगाउने छ ।

ट्रम्पले इरानसँगको सम्झौतामा हस्ताक्षर गरेका शक्ति राष्ट्रहरुको पनि निन्दा गरे । सम्झौतामा भएका कमजोरीहरु सच्याउन आफूले कंग्रेस र अमेरिकी साझेदारहरुसँग मिलेर काम गर्ने उनको भनाई थियो ।

इरानको आणविक कार्यक्रम सीमित पार्न सन् २०१५ मा अमेरिका लगायतका शक्ति राष्ट्र र इरानबीच सम्झौता भएको थियो ।
तेहरानले पटक–पटक सम्झौताको उल्लंघन गरेको ट्रम्पको आरोप छ । तर अन्तर्राष्ट्रिय पर्यवेक्षकहरुले भने इरानले सम्झौताको पूर्ण पालना गरिरहेको बताउँदै आएका छन् ।

ट्रम्पले इरानले आतंकवाद प्रायोजित गरेको आरोप लगाउँदै उसलाई उत्तर कोरिया जस्तै परमाणु खतरा बन्न भने नदिने उल्लेख गरे ।
यता, इरानी राष्ट्रपति हसन रुहानीले सम्झौतालाई ट्रम्पले एकलौटी ढंगले उल्ट्याउन नसक्ने जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed