Breaking News.... EverestOnlineKhabar
August 16, 2026

केशरबहादुर बिष्ट राप्रपा (प्रजातान्त्रिक) मा प्रवेश, लोहनीले दिए शुभकामना

Loading

काठमाडौं । डा. प्रकाश चन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीका वरिष्ठ नेता केशरबहादुर विष्ट पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत बिष्ट राप्रपा प्रजातान्त्रिकमा प्रवेश गरेका हुन् ।  बिष्ट प्रजातान्त्रिकमा प्रवेश गरेपछि डा. प्रकाशचन्द्र लोहनीले विज्ञप्ति जारी गर्दै ६ महिना एकीकृत राप्रपा राष्ट्रवादीमा रहँदा विष्टले पुर्याएको योगदानप्रति धन्यवाद दिएका छन् । उनले विष्टको राप्रपा प्रजातान्त्रिक पार्टीमा बसाई स्थिर रहोस् भनि कामना समेत गरेका छन् ।

लोहनीको पार्टीमा आबद्ध हुनुअघि विष्टले कमल थापासँग विद्रोह गरेर एकीकृत राप्रपा पार्टी निर्माणको अभियान चलाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.