![]()
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राख्दै १३औं पटक आमरण अनशनरत डा. गोविन्द केसीको समर्थनमा शनिवार पनि काठमाडौंमा प्रदर्शन गरिएको छ । मध्यान्ह १२ बजे माइतीघर मण्डलाबाट निकालिएको र्याली नयाँ बानेश्वर पुगेर टुंगिएको थियो । सोलिडारिटी फर डा. गोविन्द केसी अलायन्सको नेतृत्वमा र्यालीसहित प्रदर्शन गरिएको हो ।
माथेमा प्रतिवेदनको भावनाअनुरुप चिकित्सा शिक्षा ऐन सांसदबाट पास गर्नुपर्ने केसीको माग पूरा नगरी आज संसद अन्त्य भएकोमा प्रदर्शनकारी आक्रोशित भएका छन ।
प्रदर्शनकारीले चिकित्सा शिक्षा ऐनको विरोध गर्ने सांसदहरु र भ्रष्टाचारको मुद्दामा आफूहरुको दबाब केन्द्रीत रहेको बताएका छन ।


