Breaking News.... EverestOnlineKhabar
August 14, 2026

यी स्टार खेलाडी जसले आगामी बर्ष हुने बिश्वकप गुमाए

Loading

एजेन्सी । आगामी बर्ष रुसमा हुने बिश्वकप फुटबलमा थुप्रै स्टार खेलाडी नहुने भएका छन । अर्जेन्टिनाका लियोनल मेस्सि र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो पनि शंकाको घेरामै रहेकाबेला बल्लतल्ल बिश्वकपमा पुगेका छन । निकै ठूलो संघर्ष र भाग्यले साथ दिएपछि अर्जेन्टिना र पोर्चुगल बिश्वकपका लागि छनौट भए ।

दक्षिण अमेरिकी क्षेत्रको छनोटको कठिन मोडमा रहेको अर्जेन्टिनाले छनोटको अन्तिम खेलमा इक्वेडरलाई ३–१ ले स्तब्ध बनाउँदै विश्वकप यात्रा तय गरेको थियो । अर्जेन्टिनालाईरुसको यात्रा तय गराउन मेस्सीले ह्याट्रिक गरेका थिए ।

यस्तै, पोर्चुगल पनि कठिन परिस्थितिबाट छानिएपछि बिश्वकपमा क्रिस्टियानो रोनाल्डोले आफनो कल देखाउन पाउने भएका छन । रुसको विश्वकपमा रोनाल्डो र मेस्सीले आफ्नो जादु देखाइरहँदा अन्य केही फुटबल स्टारहरु भने घरमै खेल हेर्न बाध्य हुनेछन् । किनकि विश्वकप छनोटमा ती स्टार खेलाडीको टिम सिधै छनोट हुन असफल भयो । उनीहरुको टिम प्ले अफबाट छनोट हुने सम्भावना समेत सकिएको छ ।
रुस विश्वकपका लागि हालसम्म २३ टोली छनोट भइसकेका छन् । अब ९ टिम छनोट हुन बाँकी छन् । छनोटबाट नेदरल्याण्ड, चिली, वेल्स, अष्ट्रिया, अमेरिका जस्ता राष्ट्रहरु बाहिरिसकेका छन् । उनीहरुका स्टार खेलाडी विश्वकपमा देखिने छैनन् । नेदरल्याण्डका विंगर आर्जेन रोबिनले त सन्यास नै घोषणा गरिसकेका छन् । अन्तर्राष्ट्रिय मिडियाहरुले विश्वकप गुमाउने खेलाडीहरुको प्लेइङ ११ समेत निकालिसकेका छन ।

विश्वकप गुमाउने स्टार खेलाडी
गोलकिपर : जान ओब्लाक (स्लोभेनिया, एथ्लेटिकको मड्रिड)
डिफेन्डर : एन्टोनियो भ्यालेन्सिया (इक्वेडर, म्यानचेस्टर युनाइटेड), भिर्गील भान डिज्क (नेदरल्याण्ड, साउथह्याम्पटन), ग्रे मेडेल (चिली, बेसिकाट्स), डेभिड अल्बा (अष्ट्रिया वायर्न म्युनिख )
मिडफिल्डर : क्रिस्टियन पुलिसिक (युएसए, बोरुसिया डर्टमण्ड), आर्जेन रोबिन (नेदरल्याण्ड, वायर्न म्युनिख), नेबी किटा (गिनिया, लेपजिङ)
फरवार्ड : ग्यारेथ बेल (वेल्स, रियल मड्रिड), एलेक्सीस सान्चेज (चिली, आर्सनल) पिएरे एमरिक औवामेएङ (गाबोन, बोरुसिया डर्टमण्ड)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed