![]()
काठमाडौं । लोकसेवा आयोगले रिक्त कर्मचारी पदपूर्तिका लागि दर्खास्त आह्वान गरेको छ । व्यवस्थापिका संसदबाट ‘कर्मचारी समायोजन ऐन’ पारित भएपछि आयोगले सरकारलाई चाहिने कर्मचारीे पदपूर्ति प्रक्रिया बुधवारबाट शुरु गरेको हो ।
आयोगले पहिलो चरणमा सहसचिव र उपसचिवका लागि दर्खास्त आह्वान गरेको छ । यसमा १९९ सहसचिव र ५५६ उपसचिव रहेका छन । सहसचिवमा रिक्त रहेका पदमध्ये ८३ खुला र ११६ बढुवामार्फत तथा उपसचिवमा रिक्त रहेका पदमध्ये ३५९ खुला र १९७ बढुवामार्फत पदपूर्तिका लागि दर्खास्त आह्वान गरिएको हो ।
सबभन्दा बढी आयोगले प्रशासनतर्फ दर्खास्त आह्वान गरेको छ । जस्मा ५९ वटा पद सहसचिवमा र ८९ वटा पद उपसचिवमा रहेको छ । दर्खास्त आह्वान गरिएका विज्ञापनमा आगामी मंसिर मसान्तमा परीक्षा हुने छ ।
अधिकृत तहका लागि कात्तिक वा मंसिर मसान्तमा विज्ञापन गर्ने तयारी छ ।


