![]()
एजेन्सी । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले पाकिस्तान फुटबल फेडेरेसन (पिएफएफ) लाई निलम्वन गरेको छ । फेडेरेसनमा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफा काउन्सिलको ब्युरोले पिएफएफलाई निलम्वन गरेको हो ।
पाकिस्तान पछिल्लो दुई वर्षयता अन्तर्राष्ट्रिय फुटबलमा निष्कृय रहेको छ भने कुनै पनि प्रतियोगितामा भाग पनि लिएको छैन ।
पिएफएफको अफिस एकाउन्ट लगायत विषय पिएफएफलाई फिर्ता भएपछि मात्र फिफाले निलम्वन फुकुवा गर्ने जनाएको छ ।
अब पिएफएफ प्रतिनिधि र क्लबहरुले निलम्वन रहुन्जेल कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउने छैनन । यस्तै पिएफएफका कुनै पनि मेम्बर वा अफिसिएलहरुले फिफा र एएफसीबाट कुनै पनि डेभलपमेन्ट प्रोग्राम, कोर्स वा ट्रेनिङमा भाग लिन पाउने छैनन ।
फिफाको २११ सदस्य राष्ट्रमध्ये वरीयतामा पाकिस्तान २ सयौँ स्थानमा रहेको छ ।


