Breaking News.... EverestOnlineKhabar
June 19, 2026

Loading

कठमाडौं । चिकित्सा शिक्षा र सेवामा सुधारको लागि संघर्षरत चिकित्सक डा. गोविन्द केसीले १३औं अनशन सुरु गर्नुभएको छ । त्रिबि शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गर्दै डा.केसीले अनशन सुरु गर्नुभएको हो ।

चिकित्सा शिक्षा विधेयकको माफियामुखी संस्करण संसद्बाट पारित गर्न लागिएकाले त्यसलाई रोक्न माग गर्दै डा.केसीले १२ औं आमरण अनशन सुरु गर्नुभएको थियो । अनशन सुरू भएपछि संसद्बाट उक्त ऐन पारित नभएपछि दसैंलाई दृष्टिगत गर्दै डा. केसीले अनशन स्थगित गर्नुभएको थियो । त्यसैबेला केसीले अशोज १९ गतेदेखि पुनः अनशन सुरू गर्ने बताउनुभएको थियो ।

संसदमा छलफलका क्रममा रहेको चिकित्सा शिक्षा विधेयक माथेमा कार्यदलको प्रतिवेदन अनुसार संशोधन हुनुपर्ने, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामाकण्ठ मकाजू र डिन डा. राजेन्द्र कोजुलाई बर्खास्त गर्नुपर्नेलगायत ४ बुँदे माग केसीले राख्नु भएको छ ।

डा. केसीले ३ करोड नेपाली जनताको स्वास्थ्यसँग खेलवाड गर्न नसकिने भन्दै माग पूरा नभएसम्म अनशन जारी राख्ने बतानुभयो ।
डा.केसीले आयल निगमका अरबौं रुपैयाँ अनियमितता गर्ने निगमका पूर्व महाप्रवन्धक गोपाल खडकालाई कारवाही गर्न पनि माग गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed