Breaking News.... EverestOnlineKhabar
June 19, 2026

Loading

काठमाडौं । बाम गठबन्धन निर्माण भएपछि नेपाली कांग्रेसको नेतृत्वमा बनेको लोकतान्त्रिक गठबन्धनले कार्यदल सदस्यको नाम टुङ्गो लगाएको छ ।

चुनावी तालमेलका बिषयमा छलफलका लागि बनेको कार्यदलमा कांग्रेसबाट विमलेन्द्र निधि र पूर्ण बहादुर खड्का, राप्रपाबाट बुद्धीमान तामाङ, संघीय समाजवादी फोरमबाट रामसाय यादव सिफारिस भएका छन् । राप्रपा प्रजातान्त्रिकबाट विक्रम पाण्डे सदस्य रहेका छन भने राजपा र फोरम लोकतान्त्रिकबाट भने कार्यदल सदस्यको नाम आउन बाँकी छ ।

यी दुई दलबाट कार्यदल सदस्यको नाम आएपछि चुनावी तालमेलका बारेमा कार्यदलले छलफल अगाडि बढाउने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed