![]()
एजेन्सी । दक्षिण कोरियाली कम्पनी एलजीले लामखुट्टे भगाउने नयाँ स्मार्टफोन ल्याएको छ । यो फोन ‘भारत मोबाइल कंग्रेस’ कार्यक्रममा सार्वजनिक भएको छ । फोन ‘एलजी के ७ आइ’ नामक मोबाइलले लामखुट्टे भगाउने कम्पनीको दावी छ ।
फोनको पछाडिपट्टि जडान गरिएको ‘अल्ट्रासोनिक वेभ्स’ प्रविधिले लामखुट्टे लगायतका कीराकिरी आउन नदिने र यसले मान्छेलाई पनि हानी नगर्ने कम्पनीको भनाई छ ।
एलजीले लामखुट्टे भगाउने टिभी र एयर कन्डिस्नर यसअघि बनाइसकेको छ । स्मार्टफोनमा लामखुट्टे भगाउने एपहरु पनि उपलब्ध छन ्। तर, फोनमै यो प्रविधि जडित भने पहिलो भएको कम्पनीको दावी छ । एन्ड्रोइड फोन ‘के७ आइ’ को मूल्य भारतीय बजारमा करिब १३ हजार रुपैयाँ तोकिएको छ ।
कम्पनीले विस्तारै यो फोन अन्य देशमा पठाउने तयारी गरेको छ। लामखुट्टेको टोकाइबाट लाग्ने मलेरिया, डेंगु जस्ता रोग फैलिन नदिन यसले मद्दत गर्ने कम्पनीको आशा छ ।
विशेषता :
एन्ड्रोइड अपरेटिङ सिस्टम (मार्समेलो ६.०)
फिंगरप्रिन्ट
दुई सिम लाग्ने (नानो)
फोजी
५ इन्चको टच स्क्रिन
१.१४ गिगाहर्ज क्वाडकोर प्रोसेसर
२ जिर्बी याम
१६ जिबी इन्टरनल मेमोरी
पछाडि एलइडी फ्ल्याससहितको ८ मेगापिक्सेल क्यामरा
अगाडि सेल्फी फ्ल्याससहितको ५ मेगापिक्सेल क्यामरा
२५०० एमएएच पावरको निकाल्न नमिल्ने ब्याट्रि


