Breaking News.... EverestOnlineKhabar
October 2, 2026

देवनारायण यादवको रिहाईका लागि संयुक्त बिद्यार्थी संगठनद्वारा गृहमन्त्रीलाई दबाब

Loading

काठमाडौं । संयुक्त बिद्यार्थी संगठनले भारतीय प्रहरीको नियन्णमा रहेका सप्तरी तिलाठीका देवनारायण यादव र उनका छोरालाई तत्काल रिहाईको पहल थाल्न गृहमन्त्री जनार्दन शर्मालाई दबाब दिएका छन ।

मंगलबार गृहमन्त्रालय पुगी बिद्यार्थी नेताहरुले यादव बाउछोराको निशर्त र अविलम्ब रिहाईको माग गरेका थिए । सरकारले यादव बाबुछोरालाई रिहा गर्न गम्भीरता नदेखाएको भन्दै बिद्यार्थी नेताहरुले आपत्ती जनाएका थिए ।

जवाफमा गृहमन्त्री शर्माले रिहाईको पहल गरिरहेको र आफू अझ गम्भीरताकासाथ लाग्ने प्रतिबद्धता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed